गृहपृष्ठ आगामी तीन दिन धेरै वर्षा, नदीहरुमा पानीको बहाव उच्च
आगामी तीन दिन धेरै वर्षा, नदीहरुमा पानीको बहाव उच्च
आगामी तीन दिन धेरै वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार दिउँसो देशको धेरै स्थानमा मध्यमे र केहि स्थानमा धेरे वर्षा हुने छ ।
तीन दिन लगातार वर्षाको सम्भावना रहेकाले बाढी पहिरो आउन सक्ने भन्दै सचेत रहन बाढी पूर्वानुमनन शाखाले आग्रह गरेको छ । शाखाका अनुसार कोशी, गण्डकी, कर्णाली, महाकालीमा, कन्काई, पश्चिम राप्ती, बबई लागयतका नदीमा पानीको बहाव बढ्ने छ ।
त्यस्तै झापा, मोरङ, सुनसरी, सप्तरी, रौतहट, दाङ, बाँके, बर्दिया ,गोरखा,लमजुङ, तनहुँ, नवलपसासी, सिन्धुपाल्चोकको नदी तटिय क्षेत्रमा बाढीको खतरा रहेको भन्दै शाखाले सतर्क रहन सबैलाई आग्रह गरेको छ ।
प्रकाशित समय ०९:३२ बजे

















