गृहपृष्ठ कर्फ्यू हटेसँगै महेन्द्रनगरकाे जनजीवन सामान्य, विद्यालयहरु बन्द
कर्फ्यू हटेसँगै महेन्द्रनगरकाे जनजीवन सामान्य, विद्यालयहरु बन्द
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कर्फ्यू हटाइएको छ । बिहिबार साँझ ५ बजेबाट शुक्रबार बिहान ५ बजेसम्म कफ्र्यु लगाइएको थियो ।
कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गरेको भन्दै निर्दोषलाई पक्राउ गरेर वास्तविक हत्यारालाई जोगाउन खोजेको भन्दै आन्दोलन चर्किएपछि प्रशासनले कर्फ्यू लगाएको हो ।
बिहिबार प्रदर्शनकारी र प्रहरीबीभ झडप हुँदा गोली चलेपछि प्रशासनले कफ्र्यु लगाएको थियो । कर्फ्यू हटेसँगै बिहानैदेखि जनजीवन सामान्य भएको छ । बिहिबार दिनभर महेन्द्रनगर बजनार तनावग्रस्थ भएको थियो ।
यसैबीच, प्याप्सन र एनप्याप्सनले विद्यालय बन्दको घोषणा गरेका छन् । प्रहरीले आन्दोलनमा दमन गरेको भन्दै प्याप्सन र एनप्याप्सनलले शुक्रबारको लागि विद्यालय बन्दको घोषणा गरेका हुन् ।
प्रकाशित समय ०७:५४ बजे

















