गृहपृष्ठ मेक्सिकोसँग छिट्टै व्यापार सम्झाैता हुन्छ : ट्रम्प

मेक्सिकोसँग छिट्टै व्यापार सम्झाैता हुन्छ : ट्रम्प

Donald Trump Holds Campaign Rally In Nevada

 

अमेरीका र मेक्सिकोले छिट्टै व्यापार सम्झौतालाई अन्तिम रूप दिने तयारीमा पुगेको अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार बताएका छन् ।

मेक्सिकोसँगको हाम्रो सम्बन्ध केही घण्टामै निकट बन्ने छ, राष्ट्रपतिले सामाजिक सञ्जाल ट्वीटरमार्फत उल्लेख गरेका छन् ।

अमेरीका र मेक्सिकोबीच व्यापार सम्झौताका लागि दुबै पक्षका वार्ताकारहरूले कुराकानी गरिरहेको सम्भवतः हप्तान्तसँगै उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता पुनर्संरचनासहित नवीकरण हुनेछ ।

‘पूरानो तथा नया सरकारमा रहेका केही साच्चै असल व्यक्तिहरू र अन्य सबैले सँगै रहेर काम गरिरहेका छन् । मेक्सिकोसँगको विशाल व्यापार सम्झौता छिट्टै हुनेछ ।’

 

-रासस/एएफपी

प्रकाशित समय २०:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु