गृहपृष्ठ झण्डै ४० जना सवार डुंगा रौतहटको लालबकैयाले बगायो

झण्डै ४० जना सवार डुंगा रौतहटको लालबकैयाले बगायो

५ जनाले पौडिएर ज्यान जोगाए

 

सदरमुकाम गौरको टिकुलियाघाटतर्फ आउँदै गरेको ढुंगालाई शनिबार लालबकैयाले बगाउँदा झण्डै ३५ जना हराईरहेका छन् । डुंगामा ४० जनाको हाराहारीमा यात्रु रहेकामा ५ जनाले भने पौडिएर ज्यान बचाएका छन् ।

शनिबार साँझ भएको यो घटनाको उद्धार तथा खोजीकार्यका लागि पौडिबाजसहितको प्रहरी टोली परिचालन गरिएको छ । नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र नेपाली सेनालाई उनीहरुको खोजीका लागि परिचालन गरिएको छ ।

बन्जाराहटबाट टिकुलियातर्फ आउँदै गरेको डुंगालाई लालबकैयाले शनिबार साँझ ७ बजे हाराहारीमा बगाएको हो । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित समय २०:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु