गृहपृष्ठ दीपिका र रणवीरको लगनगाँठो इटालीमा कसिने
दीपिका र रणवीरको लगनगाँठो इटालीमा कसिने
विवाहको १० दिन पहिले दुवैले एकसाथ पूजा गर्ने
बलिउड अभिनेत्री दीपिका पादुकोण बलिउड अभिनेता रणवीर सिंहसँग लगनगाँठो कस्दै छिन् । यी दुईको विवाह आगामी नोभेम्बर २० मा इटालीमा हुने तय भएको समाचार भारतीय सञ्चारमाध्यममा आएका छन् ।
विवाह नोभेम्बर २० मा भए पनि त्यसको १० दिनअघि दीपिकाकी आमा उज्जला पादुकोणले बेंगलोरस्थित आफ्नो घरमा नन्दी पूजा गर्न लागेकी छिन् । त्यसमा सहभागी हुन रणवीर सिंहको परिवार बेंगलोर जाने भएको छ । दीपिका र रणवीरले साथैमा रही यो पूजा गर्ने पनि जनाइएको छ ।
रणवीर र दीपिका दुवै आफ्नो विवाहलाई ‘मिडिया लाइमलाइट’बाट टाढै राख्न चाहन्छन् । अर्कातर्फ इटालीमा हुने वैवाहिक समारोहमा उनीहरुले आफ्ना केही साथीका अलावा नजिकका आफन्तलाई मात्र सहभागी गराउनेछन् ।
विवाहपछि बम्बइमा रिसेप्सनको अयोजना गर्ने तयारी छ । सन् २०१३ मा ‘गोलियों कि रासलीला : रामलिला’ बाट यी दुईको ‘लब स्टोरी’ सुरु भएको हो । त्यसयता उनीहरुका नाम जोडेर विभिन्न समाचारहरु आइरहेका छन् ।
फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालमा यो जोडिको फ्यान, फलोइङको संख्या ठूलो छ । जसमा उनीहरुका फ्यानले जोडीको संयुक्त नाम ‘दीपवीर’ राखिदिएका छन् ।
प्रकाशित समय १६:०८ बजे

















