गृहपृष्ठ सरकार असफल भयो : प्रकाशमान सिंह

सरकार असफल भयो : प्रकाशमान सिंह

'कन्चनपुर घटनाका अपराधीलाई सरकारले नै छुटाउन खोज्यो'

prakashman-newskarobar फाइल तस्बिर

 

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको सरकार पूर्णतः असफल भएको टिप्पणी गरेका छन् । स्वर्गीय मंगलादेवी सिंहको २२ को स्मृति दिवसको अवसरमा आइतबार काठमाडौंको शोभा भगवतीमा आयोजित कार्यक्रममा कांग्रेस नेता सिंहले यस्तो टिप्पणी गरेका हुन् । ‘जनताको मन छुने खालको कुनै काम यो सरकारले गर्न सकेन,’ सिंहले भने, ‘त्यसैले यो सरकार पूरै असफल भयो ।’ महंगी बढाउने, माईतीघर मण्डलालगायतका क्षेत्रमा निषेधित क्षेत्र तोक्नेलगायतका नचाहिने काम गरेर सरकारले जनताको विश्वास गुमाएको नेता सिंहको दाबी छ ।

दुई तिहाइ बहुमतको सरकारले जनतालाई मारमा पार्नेबाहेक अन्य केही काम गर्न नसकेको उनको आरोप छ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई सरकारले नै छुटाउने प्रयास गरिरहेको आरोपसमेत लगाए ।

प्रकाशित समय १६:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु