गृहपृष्ठ विराटनगरमा इस्कोनको कलशयात्रा
विराटनगरमा इस्कोनको कलशयात्रा
नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ(इस्कोन नेपाल)ले विराटनगरमा झाँकीसहित कलश यात्र निकालेको छ । श्रीकृष्ण जन्माष्टमीको उपलक्ष्यमा आइतबारबाट सुरु भएको श्रीमद् भागवत सप्ताह महोत्वसवबारे सबैलाई जानकारी गराउने उद्देश्यले झाँकीसहितको कलशयात्रा निकालिएको इस्कोनले जनाएको छ ।
कलशयात्राका क्रममा नगरक्षेत्रको विभिन्न भागको परिक्रमा गरिएको थियो । मेनरोडस्थित सत्यनारायण मन्दिरबाट निकालिएको कलशयात्राले गोश्वाराचोक, शनिहाट, तीनपैनी हुँदै स्थानीय राधाकृष्ण मन्दिरमा पुगेर समापन भएको थियो ।
इस्कोनले आइतबारबाट आगामी १६ गतेसम्म विराटनगर पानी ट्याङ्कीस्थित राधाकृष्ण मन्दिरमा भागवत सप्ताह आयोजना गरेको छ । सप्ताहमा पुराण बृन्दावनका आचार्य श्रीशकृष्ण दासले कथा वाचन गर्नेछन ।
प्रकाशित समय १६:२३ बजे

















