गृहपृष्ठ रियल मड्रिडको शानदार जित
रियल मड्रिडको शानदार जित
स्पेनिस ला लिगामा रियल मड्रिडले गिरोनलाई ४–१ गोल अन्तरको पराजित गरेको छ । गएराति भएको खेलमा गिरोनले सुरुमा अग्रता लिएको थियो । गिरोनका लागि खेलको १६ औं मिनेटमा बोर्जा ग्रासिअले गोल गरेका थिए ।
रियलले ३९ औं मिनेटमा खेल बराबरी बनायो । उसका लागि सर्जियो रामोसले पेनाल्टी मार्फत गरेका थिए । त्यस्तै रियलका लागि करिम बेञ्जामानले दुई र ग्यारेथ बेलले एक गोल गर्दै टिमलाई जित दिलाए ।
प्रकाशित समय ०९:१७ बजे

















