गृहपृष्ठ सल्यानमा घर भत्किँदा एकै परिवारका ५ जनाको मृत्यु
सल्यानमा घर भत्किँदा एकै परिवारका ५ जनाको मृत्यु
सल्यानमा घर भत्किँदा एकै परिवारका ५ जनाको मृत्यु भएकाे छ । बागचौर नगरपालिका सेतोगरासमा मंगलबार राति घरकाे दलिन भाँचिदा ५ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ४० वर्षीय रामसिंह कामी, ३५ वर्षीय आमा रामकला कामी, ७ वर्षीया गंगा विश्वकर्मा, ६ वर्षीया प्रमिला विश्वकर्मा र ४ वर्षका रुपलाल विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
मृत्यु हुनेमा बुबा आमा, दुई छोरी र एक छोरा छन् । ११ वर्षीया सुनिता कामीलाई जीवितै उद्धार गरिएको छ । घटनाको विषमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित समय ०७:४९ बजे

















