गृहपृष्ठ बालिका हत्याराको विरोधमा महोत्तरीको औरही बन्द

बालिका हत्याराको विरोधमा महोत्तरीको औरही बन्द

aandalon-newskarobar नाबालिकाकाे अपहरणपछि हत्या भएपछि अान्दाेलित बनेका महाेत्तरीस्थित अाैरहीका महिला । तस्बिर : दीपेन्द्रप्रसाद सिंह/न्युज काराेबार

नाबालिका हत्यारालाइ पक्राउ गर्न माग गर्दै महोत्तरीको औराहीबासी आइतबारदेखि आन्दोलित भएका छन् । औरही नगरपालिका–१ का सन्तोष चौधरीकी ९ महिने छोरी सोनाली चौधरीलाई खेलाउने बहानामा अपहरण गर्नेलाई पक्राउको माग गर्दै स्थानीयबासी आन्दोलित भएका हुन् ।

९ महिने नाबालिका सोनाली चौधरीलाई आमा इन्देश चौधरीसँग खेलीरहेको अबस्थामा महोत्तरीकै भंगाहा नगरपालिका–६ सितापुर जमुनिया बस्ने २५ वर्षीय भरत साहले बिस्कुट किनिदिने भन्दै लिएर गएको स्थानीयले बताए । स्थानीयले नाबालिका चौधरीलाई यौनजन्य हिंसा गरी साहले हत्या गरेको आरोप लगाएका छन् ।

नाबालिका चौधरीको हत्या गरी फालिएको अवस्थामा सोमबार भंगाहा नगरपालिको अंकुशी नदिको छेउमा शव भेटिएको थियो । ९ महिने बालिकालाई यौनजन्य हिंसा गरि हत्या गरेर फालिएको अवस्थामा शव फेला परेपछि स्थानीय आक्रोसित भएका हुन् ।

नाबालिकालाइ यौन हिंसा गरि फालिएको विरोधमा औरहीका स्थानीयबासी, व्यापारीहरु आन्दोलित भएका छन् । बालिका अपहरण र हत्यामा साहकै सलग्नता रहेको सिसिटिभी फुटेजबाटसमेत पहिचान भइसकेको स्थानीयको दावी छ । तर, आफूहरुले अभियोग लगाएको हत्यारालाइ प्रहरीले पक्राउ गर्न नसकेको भन्दै औरहीबासी बजार बन्द गर्दै सडकमा उत्रेका छन् ।

 

घटनामा सलग्न व्यक्तिको पहिचान भइसकेको अवस्थामा समेत पक्राउ नपरेको भन्दै आक्रोशित औरहिका महिलाहरु सडकमा आएर ‘सोनालिलाइ न्याय देउ’, ‘दोषिलाइ पक्राउ गर’, ‘हत्यारालाई फाँसी देउ’लगायतको नाराबाजी गर्दै विरोध गरीरहेका छन् । घटना भएको ५ दिन बितिसक्दा पनि प्रहरीले दोषिलाइ पक्राउ गर्न नसकेको भन्दै स्थानीय आक्रोशित बनेका हुन् ।

यता दोषीलाई पक्राउ गर्न आफूहरुले तीव्र प्रयास गरेको प्रहरीको भनाई छ । छिटै नै दोषी प्रहरीको फन्दामा पर्ने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । त्यसका लागि विशेष टोलि खटाइ सकेकाले चाडै पक्राउ पर्ने प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित समय १६:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु