गृहपृष्ठ माल्भिकाको ग्ल्यामरस आवाजमा सुरु भयो बिमस्टेक

माल्भिकाको ग्ल्यामरस आवाजमा सुरु भयो बिमस्टेक

ओलीले गरे नेपाली भाषामा स्वागत

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालका खाडीको प्रयास (बिम्स्टेक)को चाथौ शिखर सम्मेलन पूर्वमिस नेपालको ग्यामरस आवाजबाट सुरु भएको छ । काठमाडौंको होटल सोल्टिमा बिहीबार अपराह्न सुरु सम्मेलनको उद्घाटन समारोहको उद्घोषिका सुब्बा छिन् ।

सुब्बा सामाजिक कार्यकर्ता तथा उद्यमीसमेत हुन् । उनले आमसञ्चार र पत्रकारिता तथा अभिनय विषयमा स्नातकोत्तर उत्तीर्ण गरेकी छन् । नेपालको लिम्बू समुदायकी सुब्बालाई सरकारले बिमस्टेक शिखर सम्मेलनको उद्घोषिका बनाएर सकारात्मक सुरुवातको सन्देश दिन खोजेको छ ।

माल्भिकाले २१ वर्षको उमेरमा मिस नेपाल २००२ को उपाधी जितेकी थिइन् । त्यसपछि उनले कान्तिपुर टेलिभिजनसँग आवद्ध भएर ‘कल कान्तिपुर’ नामक कार्यक्रमकी प्रस्तोता भएर काम गरिन् । सन् २००८ मा, उनले भारतको भ्वाइस अफ इन्डिया, एमटिभी एक्जिटमा मानव तस्करीको विषयमा दूत भएर कार्य गरेकी थिईन् ।

सम्मेलनको पहिलो वक्ता प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुमा सम्बोधन गरेका छन् । सम्मेलन आयोजक राष्ट्र र अध्यक्षको हैसियतमा उनले कार्यक्रम उद्घाटन गरेका हुन् । सम्बोधनको सुरुमा ओलीले अरु राष्ट्रका प्रमुखलाई नेपाली भाषमै सम्बोधन गर्दै स्वागत गरे । त्यसपछि उनले अंग्रेजी भाषामा सम्बोधन गरिरहेका छन् ।

प्रकाशित समय १६:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु