गृहपृष्ठ जनकपुरबाट हतियारसहित एक गिरफतार

जनकपुरबाट हतियारसहित एक गिरफतार

जनकपुरधाम उपमहानगरपालिबाट हतियारसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले एक पेस्तोल र २ म्याग्जिन सहित पक्राउ गरेको जानकारी दिएको छ ।

वकिलटोल वडा नम्बर—१ बाट गएराति सुराकीको आधारमा पक्राउ गरिएको भए पनि पक्राउ गरिएको व्यक्तिको नाम प्रहरीले सार्वजानिक गरेको छैन ।

महोत्तरी स्थायी घर भएका र वकिलटोलमा भाडामा बस्दै विदेश पठाउने एजेन्टको काम गर्दै आएका उक्त व्यक्तिलाई विशेष सुराकीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ परेका व्यक्तिबारे थप अनुसन्धान भई रहेकाले नाम सार्वजानिक गर्न नमिल्ने जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरिक्षक दीपेन्द्र शाहीले बताएका छन ।

प्रकाशित समय १५:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु