गृहपृष्ठ कर घटाउन मिथिला नगरपालिकालाई कांग्रेसको ७ दिने अल्टिमेटम

कर घटाउन मिथिला नगरपालिकालाई कांग्रेसको ७ दिने अल्टिमेटम

mithila-mun-newskarobar

धनुषाको मिथिला नगरपालिकामा कर वृद्धिको विरोध गर्दै बढाइएको कर घटाउन माग गरिएको छ । नेपाली कांग्रेसका नगरस्तरिय नेताहरुले ७ दिने अल्टिमेटम दिँदै मिथिला नगरपालिकामा बढाइएको कर घटाउन माग गर्दै ७ दिने अल्टिमेटम दिएका हुन् ।

नेपाली कांग्रेस मिथिला नगर इकाइ समितिले करको दायरा बढाएको भन्दै क्षेत्रीय सभापति राजकुमार महतोको नेतृत्वमा पार्टीका नेता तथा कार्यकर्ताहरुको एक टोलीले नगरपालिकाका मेयर हरिनारायण महतोलाई ज्ञापन पत्र बुझाएका छन् ।

वृद्धि गरेको कर घटाउन भन्दै सयौंको संख्यामा पार्टीका नेता तथा कार्यकर्ताहरुले ढल्केवरमा नाराबाजी गर्दै मेयर महतोलाई ज्ञापन पत्र बुझाएका हुन् ।

७ दिनभित्र आफूहरुको मागको सम्बोधन नभए नगरपालिकाविरुद्ध आफूहरु शान्तिपूर्ण आन्दोलन अगाडि बढाउने कांग्रेसका युवा नेता बुधेश्वर महतोले जनाएको छ ।

प्रकाशित समय १६:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु