गृहपृष्ठ मजदुरहरुलाई भत्ता र पेन्सन दिने श्रममन्त्री विष्टको घोषणा

मजदुरहरुलाई भत्ता र पेन्सन दिने श्रममन्त्री विष्टको घोषणा

gokarna-newskarobar

सरकारले डेढ महिनाभित्र श्रमिकहरुको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले डेढ महिनाभित्र श्रमिकहरुको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्न लागिएको बताएका हुन् । प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबारको बैठकमा ‘रोजगारीको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले भने, ‘सरकारले चालु आर्थिक वर्षबाटै श्रमिकहरुको योगदानमा आधारित कार्यक्रम सूरुवात गरेको हो, डेढ महिनाभित्र कार्यान्वयनमा जान्छ ।’

मन्त्री विष्टले अनाैपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरुले पनि योगदानमा आधारित सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था गर्न लागिएको बताए । उनले श्रमिकहरुको पेनसनका सम्बन्धमा पनि सरकारले आवश्यक निर्णय लिने बताए ।

प्रकाशित समय १२:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु