गृहपृष्ठ तरुण दल राेल्पा नगर सभापति रोहित पुनको शव परिवारले बुझे

तरुण दल राेल्पा नगर सभापति रोहित पुनको शव परिवारले बुझे

रोल्पा नगरपालिकाका तरुण दलका नगर सभापति रोहित पुनको शव परिवारले बुझेका छन् । प्रशासनले दोषीलाई पक्राउ गरी कारबाही गर्ने सहमति जनाएपछि आफन्तले पुनको शव बुझेका हुन् । पुनको हत्या भएको विरोधमा तरुण दल र कांग्रेसले सोमबार रोल्पा बजार बन्द गरेको थियो । विरोध प्रदर्शन भएपछि प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले सर्वदलीय बैठक बोलाएका थिए ।

बैठकमा दोषीलाई कारबाही गर्ने र पुनलाई सहिद घोषणा गर्ने विषयमा गृहमन्त्रालयमा पठाउने सहमति भएपछि परिवारले शव बुझेका हुन् । प्रहरीले पाँच जनालाई पक्राउ गरेर घटनाका विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । गत आइतबार बेलुकी रोल्पाको सुलीचौर बजारमा पुनलाई गोली प्रहार गरि हत्या गरिएको थियो ।

प्रकाशित समय १३:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु