गृहपृष्ठ सांसदहरुको आक्रोस- पत्रकारलाई हत्कडी किन लगाइयो ?
सांसदहरुको आक्रोस- पत्रकारलाई हत्कडी किन लगाइयो ?
राष्ट्रियसभा बैठकमा ‘पत्रकारलाई हतकडी लगाएर सरकार निरङकुश भएको’ भन्दै सांसदले आक्रोस पोखेका छन् । मंगलबारको बैठकमा सांसद राधेश्याम अधिकारीले पत्रकार पक्राउ गरी राज्यले निरङकुश शैली पुष्टि गर्न खाजेको आरोप लगाए ।
मुलुकी अपराधसंहिता र गोपनीयताको हकसम्बन्धी विधेयकको व्यवस्थाका कारण सञ्चार जगतले सरकार निरंकुश हुन खोजेको आशंका गरिरहेका बेला पत्रकार पक्राउ गरेर सरकारले त्यो आशंकालाई पुष्टि गर्न लागेको अधिकारीले बताए ।
खोजतलास डट कमका पत्रकार राजु बस्नेतलाई प्रहरीले सोमबार पक्राउ गरेको थियो । सो घटनाको विरोधमा बोल्दै सांसद अधिकारीले सरकारको अधिनायकबाद र पत्रकारलाई फौजदारी अभियोग लगाउनु बाघ कराउनु र बाख्रा हराउनुजस्तो भएको बताए । ‘एकातिर सञ्चार जगतले सरकार निरंकुश हुन लाग्यो, सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि लगाम लगाउन खोज्दैछ भनिरहने अर्कोतिर पत्रकार पक्राउ परिरहनु’ सांसद अधिकारीले भने ‘कतै उनीहरुले भनेका कुरा जायज हुँदै त गइरहेको छैन, भन्ने कुरा यहाँ आइरहेको छ ।’
पत्रकारले कुनै व्यक्तिको विषयमा गलत कुरा लेखे पनि गाली बेइज्जती ऐन अन्तर्गत कारवाही हुने भए पनि सरकारले अधिनायवादी शैली अपनाएको उनले बताए । पीडित व्यक्ति अदालत जान पाउने भए पनि यसमा राज्य नै लाग्न पाउने कि नपाउने भन्ने प्रश्न उठेको उनको भनाई थियो । पत्रकारबाट पीडित हुनेले कानुनी उपचारमा जान पाउने तर राज्यनै लाग्न नपाउने बताए ।
‘पत्रकारले गलत लेखेमा छुट्टै व्यवस्था छ, तिनलाई हतकडी लगाएर थुन्नैपर्ने हो कि होइन ?’ अपराध संहितामा लेखिएका विषयले सरकारले चाह्यो भने नियतवश अभिव्यक्ति स्वतन्त्रता अपहरण गर्न सक्छ भनी पत्रकारले उठाएको विषय जायज देखिएको उनले बताए ।
प्रकाशित समय १९:२६ बजे

















