गृहपृष्ठ निर्मला हत्या प्रकरण : न्यायका लागि देशभर नागरिक सभा, कहाँ कहाँ हुँदै छ ?

निर्मला हत्या प्रकरण : न्यायका लागि देशभर नागरिक सभा, कहाँ कहाँ हुँदै छ ?

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई कारबाहीको माग गर्दै आज देशभर नागरिक सभा गरिँदैछ । निर्मलाको हत्या भएको ५२ दिनसम्म पनि दोषी पक्राउ नगरिएको भन्दै सरकारलाई दबाब दिन देशभर नागरिक सभा गर्न लागिएको हो ।

सभामा स्वस्फूर्त रुपमा नागरिकको सहभागित हुने छ । सभामा सहभागि हुन अभियन्ताहरुले सबैलाई आह्वान गरेका छन् । काठमाडौंको माइतिघरमा दिउँसो १ बजे नागरिक सभाको कार्यक्रम छ ।

सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा पनि युवाहरुले निर्मलालाई न्याय देउ भन्दै अभियान नै चलाएका छन् । सामाजिक सञ्जालमा पनि सरकारले हत्यारा पक्राउ नगरेको भन्दै सरकारको आलोचना भइरहेको छ ।

निर्मलाका बाब आमा पनि न्याय खोज्दै काठ्माडौंमा छन् । एकसातादेखि काठमाडौंमा रहेका बुबा यज्ञ पन्त र आमा दुर्गादेवी पन्तले शुक्रबार गृहमन्त्री रामबहादुर थापालाई भेटेर दोषीलाई कारबाही गरी छोरीलाई न्याय दिन माग गरेका छन् ।

जवाफमा गृहमन्त्री थापाले अनुसन्धान अन्तिम चरणमा पुगेकाले छिट्टै अपराधि सार्वजनिक गर्ने आश्वासन दिएका थिए । बा–आमाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई पनि भेट्ने बताएका छन् । निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।

नागरिक सभा हुने स्थानहरु 

प्रकाशित समय १०:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु