गृहपृष्ठ नेपाल एयरलाइन्सका दुई ठूला विमान ग्राउन्डेड
नेपाल एयरलाइन्सका दुई ठूला विमान ग्राउन्डेड
मकालु पहिलोपटक ग्राउन्डेड
नेपाल एयरलाइन्सका दुई ठूला विमान ग्राउन्डेड भएका छन् । मलेशियाबाट फर्किने क्रममा बिहिबार त्रिभुवन विमानस्थलमा चरासँग ठोक्किएर एयरबस ए ३२० ग्राउन्डेड भएको हो भने एयरबस ३३० वाइड बडी पनि ग्राउन्डेड छ ।
चरासँग ठोक्किएको ए ३२० ए केडब्ल विमानको पखेटाको फ्लापमा क्षति भएको छ । एयरबस कम्पनीसँग आवश्यक परामर्श लिएर विमानको मर्मत सुरु भइसकेको वायु सेवा निगमले जनाएको छ ।
मकालु नाम दिइएको एयरबस ३३० वाइड बडी विमान भने कार्गो राख्ने ढोकामा कुच्चिएको भेटिएपछि ग्राउन्डेड भएको थियो । बिहिबार दिल्लीबाट उडान भरेको विमानको चेकजाँचका क्रममा इन्जिनियरले क्षति पत्ता लगाएका थिए । कुच्चिएको भाग शनिबार दिउँसोसम्म बन्ने र साँझ उडान भर्ने निगमको तयारी छ । वाइड बडी विमान ल्याइउपछि ग्राउन्डेड भएको यो पहिलोपटक हो ।
एयरबस ए ३२० ले भने अाइतबारसम्म मर्मत सकिने निगमले जनाएको छ ।
प्रकाशित समय १०:२२ बजे

















