गृहपृष्ठ मौलिक हकका १५ विधेयक पारित
मौलिक हकका १५ विधेयक पारित
संसदले अपराधपीडित संरक्षण विधेयक र बालबालिकासम्बन्धी विधेयक पारित गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘अपराधपीडित संरक्षण विधेयक र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ‘बालबालिकासम्बन्धी विधेयक सदनमा पेश गरेका थिए ।
विधेयकअघिको छलफलमा नेपाली कांग्रेसका सांसद् सञ्जयकुमार गौतम र गगन थापाले बालबालिकासम्बन्धी विधेयकमा बालबालिका आयोग गठन, संरक्षण र मापदण्डलगायत विषय छुट भएको भन्दै सच्याउन माग गरेका थिए ।
यसैबीच, प्रतिनिधिसभाले मौलिक हक कार्यान्वयनसम्बन्धी १५ विधेयक पारित गरिसकेको । संवैधानिक सीमाअनुसार असोज २ भित्रमा संसदले मौलिक अधिकारसम्बन्धी विधेयक पारित गर्नुपर्ने हुन्छ । वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक, जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) पहिलो संशोधन विधेयक, अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक र सामाजिक सुरक्षा विधेयक छन् ।
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, जनस्वास्थ्य विधेयक, रोजगारीको हकसम्बन्धी विधेयक, उपभोक्ता संरक्षण विधेयक, खाद्य अधिकारसम्बन्धी विधेयक, आवासको अधिकारसम्बन्धी विधेयक लगायतका १५ मौलिक हक कार्यान्वयनसम्बन्धी विधेयक पारित भएका हुन् ।
प्रकाशित समय १४:४३ बजे

















