गृहपृष्ठ ढल्केर सबस्टेसन निर्माणको काम सुरु

ढल्केर सबस्टेसन निर्माणको काम सुरु

Dhalkebar-substation newskarobar ढल्केबर सबस्टेसन । सांकेतिक रुपमा प्रयोग ।

चार सय केभी क्षमताको ढल्केबर सबस्टेसनको निर्माणको काम सुरु गरिएको छ । नेपाल विद्युत प्राधिकरणले आवश्यक उपकरण ल्याएर सिभिल संरचनाको निर्माण सुरु गरेको हो । आयोजनाका प्रमुख शुक्र देवकोटाका अनुसार भारतको एबिबी इन्डिया कम्पनीले सबस्टेसन निर्माण गरिरहेको छ । अबको डेढ वर्षभित्र सबस्टेसनको निर्माण पूरा भएर सञ्चालनमा आउने उनले दाबी गरे ।

२०७६ मंसिरभित्र सबस्टेसनको निर्माण पूरा गर्ने गरी भारतीय कम्पनीलाई प्राधिकरणले ठेक्का दिएको छ । सबस्टेसनको निर्माण सम्पन्न गर्न २ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । सबस्टेसन पूरा हुँदा २२० केभी क्षमतामा सञ्चालित ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइन पूर्ण क्षमतामा सञ्चालन हुनेछ ।

प्रसारण प्रणाली ४०० केभी क्षमतामा स्तरोन्ती हुँदा विद्युत सेवा पनि गुणस्तरीय हुने प्राधिकरणको दाबी छ । ४०० केभी क्षमताको ढल्केबर–मुजफ्फपरपुर अन्तरदेशीय प्रसारण लाइन गत साउन ३१ गतेबाट २२० केभीमा सञ्चालन भएको छ । २२० केभी ढल्केबर सबस्टेसनको निर्माण पूरा भई सञ्चालनमा आएपछि १३२ केभी क्षमतामा सञ्चालित प्रसारण लाइनलाई २२० केभी क्षमतामा स्तरोन्नती गरिएको हो ।

प्रकाशित समय १३:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु