गृहपृष्ठ अपडेट : सुनसरीमा गोली प्रहार गरी प्रधानाध्यापकको हत्या

अपडेट : सुनसरीमा गोली प्रहार गरी प्रधानाध्यापकको हत्या

hatya_newskarobar

सुनसरीको भुटाहा गाउँपालिका भुताहामा भारतबाट आएको एक समूहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । नम्बर नभएको मोटरसाइकलमा आएको समूहले हसिद कुर्सितको हत्या गरेको हो ।

कुर्सित विद्यालयका प्रधानाध्यापक रहेको प्रहरीले जनाएको छ । समूहले चलाएको गोली लागेर एक प्रहरी हवल्दार शिवलाल पौडेल समेत घाइते भएका छन् ।

अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । गोली प्रहार गर्ने समूह फरार भएका छन् । उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित समय १३:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु