गृहपृष्ठ लाखौँको जडीबुटी बरामद

लाखौँको जडीबुटी बरामद

बाजुराको बुढीनन्दा कुरुका विभिन्न सामुदायिक वनबाट गैरकानूनीरुपमा जटीबुटी चोरी निकासी भइरहेको खुलासा भएको छ । राष्ट्रिय तथा सामुदायिक वनमा वन डिभिजन कार्यालयबाट निरन्तर अनुगमन नहुँदा जडीबुटीको तस्करी बढेको हो ।

स्थानीयको उजुरीपछि कुरुका माने रोकायाले संकलन गरेको करिब १६ लाख रुपैयाँ बराबरको एक हजार १२ किलो ‘सेतक चिनी’ नामको जडीबुटी जंगलको बीचमा ढंगाको ओडारमा लुकाई राखेको अवस्थामा बरामद गरिएको कार्यालयका प्रमुख दानबहादुर श्रेष्ठले जानकारी दिएका छन् ।

बाजुरालगायत नेपालका नौ जिल्लामा मात्र पाइने यो जडीबुटी ठेकेदार जंगवीर बोहराले रातारात लुकाएको र केही जडीबुटी खोलामा बगाएकोे अवस्थामा फेला परेको कोल्टी इलाका वन कार्यालयका प्रमुख रेञ्जर दिलीपकुमार यादवले जानकारी दिए ।

तस्करले वन कर्मचारीकै मिलोमतोमा कर्णालीको बाटो भएर भारत र हुम्लाबाट चीनतिर पठाउनेसमेत गरका छन् ।

प्रकाशित समय ०८:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु