गृहपृष्ठ एसिया कप क्रिकेटकोे सुपर फोरमा भारतसँग बंगलादेश पराजित
एसिया कप क्रिकेटकोे सुपर फोरमा भारतसँग बंगलादेश पराजित
एसिया कप क्रिकेट अन्तर्गत सुपर फोरको पहिलो खेलमा भारतले बंगलादेशलाई ७ विकेटले पराजित गरेको छ । बंगलादेशले ४९.१ ओभरमा अल आउट हुँदै १७३ रन जोडेको थियो । जवाफमा भारतले ३६.२ ओभरमै १७४ रनको विजयी लक्ष्य पूरा गर्यो ।
बंगलादेशले भारतसामु केही सम्हालिएर खेल्न खोजेपनि विकेट झर्ने क्रम रोक्न सकेन । १ सय १ रन बनाउँदा बंगलादेशले ७ विकेट गुमाएको थियो । मेहदी हसनले सर्वाधिक ४२ रन बनाए भने मसरफे मोर्तजाले २६ रन जोडेका थिए । भारतीय बलर हाबी हुने क्रममा रविन्द्र जडेजा एक्लैले ४ विकेट लिए ।
भुवनेश्वर कुमार र जसप्रित बुमराहले तीन–तीन विकेट लिए । भारतका लागि कप्तान रोहित शर्माले नटआउट ८३ रनको योगदान गरे । ओपनर शिखर धवनले ४० रनको योगदान दिए । अम्बाती रायुडुले १३ रन जोडे भने महेन्द्रसिंह धोनीले ३३ रन बनाए । एसिया कपमा भारतले आइतबार पाकिस्तानसँग प्रतिष्पर्धा गर्नेछ ।
समूह चरणको खेलमा भारतले पाकिस्तानलाई आठ विकेटले हराएको थियो ।
पाकिस्तान विजयी
सुपर फोर अन्तर्गतको दोस्रो खेलमा पाकिस्तानले अफगानिस्तानलाई तीन विकेटले पराजित गरेको छ । अफगानिस्तानले पेश गरेको २५८ रनको विजयी लक्ष्य पाकिस्तानले मात्र तीन बल बाँकी रहँदा पूरा गर्यो ।
पाकिस्तानका लागि इमाम उल हकले ८० रनको योगदान दिए । बाबर आजमले ६६ रन बनाए भने शोएब मलिकले ५१ रनको योगदान गरे । अफगानिस्तानका लागि राशिद खानले तीन विकेट लिए पनि हार टार्न सकेनन् । त्यस्तै मुजीब उर रहमानले २ विकेट लिँदा गुलाबदिन नाइबको नाममा एक विकेट रह्यो ।
पहिले ब्याटिङ थरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २५७ रन जोडेको थियो । हस्मतुल्लाह साहिदीले ९७ रनको उत्कृष्ट पारी खेले । अस्गर अफगान ६७ रनमा आउट भए भने रहमत साहले ३६ रन जोडे । पाकिस्तानका लागि मोहमद नवाजले तीन तथा सहिन साह अफ्रिदीले २ विकेट लिएका थिए ।
अफगानिस्तानले आइतबार बंगलादेशको सामना गर्नेछ ।
प्रकाशित समय ०८:५७ बजे


















