गृहपृष्ठ अमेरिकामा एक नेपालीसहित तीन जनाको हत्या
अमेरिकामा एक नेपालीसहित तीन जनाको हत्या
अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा एक नेपाली महिलाको हत्या भएको छ । अर्का एक नेपाली घाइते भएका छन् ।
२६ वर्षीया स्नोयिआ मोस्ले नाम गरेकी महिलाले आफैँ काम गर्ने कंपनीमा बिहीबार स्थानीय समयअनुसार बिहान ९ बजे अन्धाधुन्ध गोली चलाउदम नेपाली महिला ४१ वर्षीया वृन्दा गिरीसहित अन्य दुईको मृत्यु भएको हो ।
हाडफोर्ड काउन्टीका सेरिफ जेफ्री आर ग्यालरले घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अभियुक्तले नौ मिलिमिटरको हाते बन्दुक प्रयोगमा ल्याएको बताए । अमेरिकामा स्वास्थ्य सामग्रीको विक्रेता राइट एडको गोदाममा काम गर्ने नौ नेपालीमध्ये वृन्दाको गोली लागेर निधन भएको थियो भने अर्का नेपाली ४५ वर्षीय प्रेम आचार्य घाइते भएको बताइएको छ ।
सो घटनामा अमेरिकी नागरकि सण्डे अगुडा र हेलेन रेइसको पनि मृत्यु भएको थियो । श्रीमान र दुई छोराछोरीसहित मेरिल्यान्डमा बस्दै आएकी वृन्दाले तीन महिनाअघि मात्र काम सुरु गरेको पारिवारिक स्रोतले जनाएको छ । मृतक वृन्दा पर्वतमा जन्मेकी थिइन ।
प्रकाशित समय ०९:४७ बजे

















