गृहपृष्ठ आलुको बोरामा भारतीय रुपैयाँ ल्याउने एक जना पक्राउ

आलुको बोरामा भारतीय रुपैयाँ ल्याउने एक जना पक्राउ

प्रहरीले ठूलो परिणाममा भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । अवैध रुपमा नेपाल भित्र्याउन लागिएको ठूलो परिमाणको भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले कैलालीको भजनी नगरपालिका– ३ कुसुमघाटबाट भारतीय रुपैयाँ ल्याउदै गर्दा एक जनालाई पक्राउ गरिएको जनाएको छ । आलुको बोरामा भारतीय रुपैयाँ ल्याउदै गर्दा उनलाई पक्राउ गरीएको सिमा सुरक्षा कार्यालय कैलालीका सशस्त्र प्रहरी नायव उपरीक्षण विष्णु भट्टले जानकारी दिए ।

अहिले इलाका प्रहरी कार्यालय टिकापुरमा राखेर भारतीय रुपैयाँको गन्ती भइरहेको उनले जानकारी दिए । उनका अनुसार अन्दाजी २५ लाख भारतीय रुपैयाँ रहेको छ तर गन्ती गरेपछि मात्रै एकिन थाह हुन्छ । प्रहरीले २५ लाख भने पनि ७० लाख भारतीय रुपैयाँ बरामद गरिएको हुनसक्ने स्रोतको अनुमान छ । पक्राउ गरेका व्यक्तिको मोटरसाईकल पनि बरामद गरिएको छ ।

प्रकाशित समय १६:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु