गृहपृष्ठ एसिड प्रहारबाट गम्भीर घाइते सम्झनाको मृत्यु
एसिड प्रहारबाट गम्भीर घाइते सम्झनाको मृत्यु
एसिड प्रहारबाट गम्भीर घाइते बनेकी रौतहट चन्द्रपुर नगरपालिका ६ की १८ वर्षीया सम्झनाकुमारी दासको मृत्यु भएको छ ।
कीर्तिपुर अस्पतालमा उपचारको क्रममा उनको सोमबार बिहान मृत्यु भएको हो । गम्भीर घाइते सम्झनाको शरिर ३५ प्रतिशत भन्दा बढी जलेको थियो भने दुईपटक शल्यक्रिया गरिएको थियो ।
सम्झना र उनकी बहिनी सुस्मिता कुमारी माथि घरमा सुतिरहेका बेला राति एसिड प्रहार भएको थियो । एसिड प्रहारको घटनाको ६ दिन पछि प्रहरीले रामबाबु पासवानलाई पक्राउ गरेको थियो । उनकी बहिनी सुस्मिताको भने उपचार जारी छ । उनको अवस्था ठिकै रहेको पारिवारिक स्रोतले जनाएको छ ।
सम्झनाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरि आफन्तको जिम्मा लगाउने कीर्तिपुर अस्पतालले जनाएको छ ।
प्रकाशित समय १०:०५ बजे

















