गृहपृष्ठ क्षमता हेरेर मात्र कर लगाऊ : अर्थमन्त्री

क्षमता हेरेर मात्र कर लगाऊ : अर्थमन्त्री

yubaraj-khatiwoda फाइल तस्बिर

अर्थमन्त्री युवराज खतिवडाले नागरिकको क्षमता हेरेर मात्र कर लगाउन स्थानीय तहलाई आग्रह गरेका छन् ।

पश्चिम नवलपरासीको महेशपुर भन्सारको उद्घाटन गर्न पुगेका मन्त्री खतिवडाले सामान्य कृषि गरी जीविका चलाउने किसानसँग असान्दर्भिक कर लगाउनु उपयुक्त नहुँने बताए ।

उनले संघीय कानून संशोधन गरेर भए पनि कर समस्या समाधान गरिने बताए । संघ, प्रदेश र स्थानीय तहका बीचमा करको क्षेत्राधिकार र अन्यौलता अन्योलता कम गर्न सरकार तयार रहेको उनको भनाइ थियो ।

आवश्यकता अनुसार थप नयाँ कानून निर्माण गरी करलाई व्यवस्थित बनाउने खतिवडाको भनाइ छ । खतिवडाले करको दायरा फराकिलो बनाउन सरकारले छोटी भन्सारलाई मूल भन्सारमा स्तरोन्नति गर्ने, विस्थापित भएका भन्सारलाई पुनःस्थापना गर्ने तथा करदाता कार्यालयसमेत स्थापनामा जोड दिइरहेको जानकारी दिए ।

प्रकाशित समय ०९:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु