गृहपृष्ठ दसैँमा घर जाँदै हुनुहुन्छ ? हेर्नुस्, सरकारले तोकेको नयाँ भाडादर
दसैँमा घर जाँदै हुनुहुन्छ ? हेर्नुस्, सरकारले तोकेको नयाँ भाडादर
सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले १० प्रतिशत भाडादर बढाएर नयाँ भाडादर कायम गरेको हो । सरकारले सार्वजनिक गरेको भाडादरअनुसार ५ सय ५१ रुटमा न्युनतम ४० रुपैयाँदेखि अधिकतम करिब १ हजार ८ सय रुपैयाँसम्मको भाडादर रहेको छ ।
पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवसायीले भाडा बढाउन पाउनुपर्ने माग गर्दै आएका थिए । सोहीअनुसार न्यूनतम भाडा बृद्धि गरिएको विभागले प्रष्ट पारेको छ । विभागका अनुसार चार किलोमिटरभन्दा कम दुरी रहेको क्षेत्रमा न्युनतम १४ रुपैयाँ भाडा तोकिएको छ भने त्येभन्दा माथिको लागि विभिन्न मापदण्डको आधारमा भाडा निर्धारण गरिएको छ ।
काठमाडौंलगायत एकबाट अन्य जिल्लामा जाने ५ सय ५१ रुटहरूको भाडादर १ सय १० पुगेको छ । यसअघि कतिपय रुटमा सय रुपैयाँ भाडा थियो । यसअघि हजार रुपैयाँ भाडा तिर्नुपर्ने दुरीका लागि अब एक हजार एक सय रुपैयाँ तिर्नुपर्नेछ ।
सरकारले तोकेको रुटमा अधिकतम लामो ९ सय २२ किलोमिटरसम्म रहेको छ । यस्तै भाडादर अधिकतम एक हजार ८ सय ८४ रुपैयाँसम्म छ । काठमाडौं–अत्तरिया–डडेलधुरा–बैतडीको भाडादल महंगो छ । यो रुटको भाडादर १ हजार ८ सय रुपैयाँ छ । यातायात व्यवस्था विभागले यसअघि एक हजार ६ सय २२ रुपैयाँ भाडादर कायम गरेकोमा बढाएर एक जार ७ सय ८४ रुपैयाँ पुर्याएको छ । काठमाडौंबाट कैलाली–डढेलधुरा हुँदै बैतडीको लागि तय गरिएको यो रुट ८ सय ६४ किलोमिटरको हो । सूदुरपूर्वबाट सूदुरपश्चिमसम्मको महेन्द्रनगर–काँकरभिट्टा सबैभन्दा लामो रुट हो । यो रुट ९ सय २२ किलोमिटरको रहेको छ । रुट सबैभन्दा लामो भए पनि भाडादरको हिसाबले भने दोस्रो महंगोमा छ । यो रुटको लागि एक हजार ७ सय २२ रुपैयाँ भाडादर तोकिएको छ । यसअघि एक हजार ५ सय ६५ रुपैयाँ भाडा थियो ।
काठमाडौंबाट कैलाली हुँदै डोटी जाने काठमाडौं–अत्तेरिया–सिलगढी तेस्रो महंगो रुटमा पर्छ । विराटनगर महेन्द्रनगर रुटभन्दा ४० किलोमिटर बढी दूरी रहेप नि भाडा भने महंगो छ । ८ सय १४ किलोमिटरको यो रुटमा यसअघि एक हजार ५ सय २३ रुपैयाँ भाडा थियो, १० प्रतिशत बढेपछि एक हजार ६ सय ७५ रुपैयाँ पुगेको छ ।
काठमाडौं–अत्तरिया–डडेलधुरा रुटका लागि एक हजार ५ सय ५७ रुपैयाँ भाडादर तोकिएको छ । यो रुट ७ सय ७३ किलोमिटरको छ । यसअघि एक हजार ३ सय १५ रुपैयाँ भाडादर थियो ।
८ सय ५४ किलोमिटर दूरीको विराटनगर महेन्द्रनगर रुटका लागि यात्रुले १ हजार ५ सय ९६ रुपैयाँ तिर्नुपर्नेछ ।
सरकारले यसअघि २४ माघ २०७२ मा भाडा समायोजन गरेको थियो । त्यसको करिब पाँच वर्षपछि आइतरबार नयाँ भाडादरको सूची सार्वजनिक गरिएको हो ।
प्रकाशित समय १०:४७ बजे

















