गृहपृष्ठ उपराष्ट्रपति पुन स्वदेश फिर्ता

उपराष्ट्रपति पुन स्वदेश फिर्ता

उपराष्ट्रपति नन्दबहादुर पुन चीनको छ दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । उपराष्ट्रपति पुनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र गृहमन्त्री रामबहादुर थापा पुगेका थिए ।

 

उपराष्ट्रपति पुनको सम्मानमा नेपाली सेनाको एक टुकुडीले सम्मान गारत अर्पण गरेको थियो ।

चीनमा रहँदा उनले चीनका उपप्रधानमन्त्री, चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तका सेक्रेटरी र सरकारी प्रतिनिधिसँग भेट गरेका थिए ।

उपराष्ट्रपति पुन सिचुवान प्रान्तको छेन्दुमा १७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला र एक क्षेत्र एक मार्ग सम्बन्धी व्यावसायिक समुदायको कार्यक्रमा पनि सहभागी भएका थिए ।

तस्बिर : रासस

प्रकाशित समय ११:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु