गृहपृष्ठ जलेश्वरको मुस्लिम बस्तीमा झाडापखालाको प्रकोप
जलेश्वरको मुस्लिम बस्तीमा झाडापखालाको प्रकोप
महोत्तरीको जलेश्वर नगरपालिका–१२ स्थित मुस्लिम बस्ती नैन्हीमा झाडापखालाको प्रकोप फैलिँदा ४ वर्षीय खुस्बु खातुनको मृत्यु भएको छ । मामाघर बस्दै आएकी भारतीय नागरिक खुस्बुको उपचारको क्रममा जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीमा मृत्यु भएको हो ।
झाडापखालाको कारण २५ जना भन्दा बढी बिरामी परेका छन् । चार जनाको अवस्था गम्भीर भएपछि थप उपचारको लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ । गर्भवती र बालबालिका पनि पखालाबाट बिरामी छन् ।नैन्हीका खेतमा पाइने माछा खाएपछि चार दिन अगाडिदेखि नै फैलिएको झाडापखालाले महामारी को रुप लिएको हो ।
प्रकाशित समय १३:१० बजे

















