गृहपृष्ठ अपहरणपछि फिरौती रकम नपाउँदा हत्या, दुई पक्राउ
अपहरणपछि फिरौती रकम नपाउँदा हत्या, दुई पक्राउ
विराटनगर १७ का मोहम्मद अस्फाकको अपहरणपछि फिरौतीका विषयमा कुरा नमिल्दा हत्या भएको खुलासा भएको छ ।
गत असोज १ गतेदेखि हराइरहेका अस्फाकको शव असोज ७ गते सडेगलेको अवस्थामा पैनीस्थित ह्युमपाइपभित्र भेटिएको थियो । सो बेला शवको सनाखतसमेत हुन सकेको थिएन । शव भेटिएको एकसातापछि प्रहरीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गर्दै घटनाका बारेमा बिस्तृतमा जानकारी गराएको छ ।
असोज १ गतेबाट हराएका अस्फाकलाई सोही स्थानका २० वर्षिय मोहम्मद सद्दिफ हुसैन र २१ वर्षिय मोहम्मद आरिफले टाउकोमा ढुंगा प्रहार गरी हत्या गरेको अनुसन्धनबाट खुलेको मोरङ प्रहरी प्रमुख, प्रहरी उपरीक्षक मनोजकुमार केसीले बताए ।
अभियुुक्तद्वयले अस्फाक हराएकै दिनमा उनको हत्या गरेको स्वीकार गरेका छन् । उनिहरुले अस्फाकलाई टाउकोमा ढुंगा प्रहार गरेको र मृत्यु भएपछि ह्युमपाइपमा लुकाएको हत्यागरेपछि होम पाइपभित्र लुकाएको बयान दिएको प्रहरीले जानकारी दिएको छ ।
अभियुक्तद्वयले पटक–पटक मृतकका अभिभावकसँग एसएमएस मार्फत् सुरुमा ५० लाख रुपैयाँ फिरौति रकम माग गरेको र अन्तिममा ५ लाखसम्म भए पनि लिन तयार रहेको बताइएको छ ।
मृतक अस्फाक स्थानिय एक विद्यालयमा कक्षा १० मा अध्यनरत थिए ।
प्रकाशित समय १६:३७ बजे

















