गृहपृष्ठ अपांगमैत्री पुस्तकालय निर्माण गर्न ‘डिनर’

अपांगमैत्री पुस्तकालय निर्माण गर्न ‘डिनर’

चितवनमा अपांगमैत्री पुस्तकालय निर्माणका लागि अमेरिकाको डालसमा फन्ड रेजिङ डिनर आयोजना गरिने भएको छ ।

नेपाल जर्नीले आइतबार राजधानीमा पत्रकार सम्मेलन अपांगता भएका बालबालिका लक्षित पुस्तकालय निर्माणका लागि डिसेम्बर ८ तारिखमा फन्ड रेजिङ डिनर आयोजना गर्ने जानकारी दिएको हो ।

डालासमा आयोजना हुने डिनरबाट संकलन भएको रकमले चितवनस्थित भरतपुरको गणेशस्थानमा अत्याधुनिक पुस्तकालयको निर्माण गर्ने जनाएको छ । पुस्तकालयमा विभिन्न विधाका किताबका साथै कम्प्युटरको माध्यमबाट उच्चा शिक्षासम्मका उपयोगी कन्टेन्ट उपलब्ध गराउने जर्नी बोर्ड सदस्य बबिता खड्काले जानकारी दिइन् ।

नेपाल जर्नीले यसअघि हेटौंडामा अपांगमैत्री पुस्तकालय निर्माण गरिसकेको छ ।

प्रकाशित समय १७:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु