गृहपृष्ठ राजधानी गोदावरी तोकेको विरोधमा सुरू भएको आन्दोलन फिर्ता

राजधानी गोदावरी तोकेको विरोधमा सुरू भएको आन्दोलन फिर्ता

सुदूरपश्चिम प्रदेशको राजधानी ‘गोदावरी’ तोकेको विरोधमा धनगढीमा आह्वान गरिएको आमहडताल फिर्ता गरिएको छ ।

आज बसेको आन्दोलन संघर्ष समितिको बैठकले आन्दोलन फिर्ता लिने निर्णय गरेको हो । नेपालीको मुख्य चाड दसैंतिहार नजिकै आइरहेका बेला जनजीवन प्रभावित भएको र पठनपाठनसमेत प्रभावित भएको जनाउँदै आमहड्ताल फिर्ता लिने निर्णय लिइएको हो ।

तर, उनीहरुले आन्दोलन जारी रहने र स्वरुप परिवर्तन गरिने बताएका छन् । सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी सारिएको विरोधमा धनगढीमा सुरू भएको आन्दोलन उग्र बन्दै गएको थियो ।

प्रदर्शनकारीहरु जबर्जस्ती बजार तथा पसल बन्द गराउने, खुला रहेका पसलमा ढुंगा हान्ने, तोडफोड गर्नेलगायतका उच्छृंलख गतिविधि गर्दै आएका थिए । आइतबार उनीहरुले निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका लागि गठित उच्चस्तरीय सरकारी छानबिन समितिका सदस्य वीरेन्द्र केसी चढेको गाडीमा ढुंगा प्रहार गरेका थिए ।

प्रकाशित समय १८:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु