गृहपृष्ठ माछापुच्छ्रे बैंकद्वारा पशुपतिनाथमा लकर सहयोग
माछापुच्छ्रे बैंकद्वारा पशुपतिनाथमा लकर सहयोग
माछापुच्छ्रे बैंकको सहयोगमा पशुपतिनाथ मन्दिर दर्शनका लागि जाने दर्शनार्थीले बहुमुल्य सामान सुरक्षित रुपमा लकरमा राख्न पाउने भएका छन् ।
पशुपति क्षेत्र विकास कोषले माछापुच्छ्रे बैंकसँगको सहकार्यमा आजदेखि ‘लकर’ सेवा शुरु गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले सेवाको सुभारम्भ गर्दै भक्तजनलाई दिनभर पाशुपत क्षेत्रमा अड्याइराख्न विभिन्न आकर्षित प्याकेज ल्याइनुपर्ने बताए । उनले भने, ‘मन्दिर क्षेत्रमा पर्याप्त मात्रामा उद्यान, सरसफाइको व्यवस्था हुनुपर्छ, स्मार्ट शौचालय बनाइनुपर्छ, पशुपति क्षेत्रको मौलिकस्वरुप नबिग्रने गरी पुनःनिर्माण हुनुपर्छ ।’
माछापुच्छ्रे बैंकले ५१० लकर उपलब्ध गराएको छ । बैंकका अध्यक्ष रोशन केसीले कोषका सदस्य सचिव डा प्रदीप ढकाललाई लकरको साँचो हस्तान्तरण गरेका थिए । लकर सेवा भुवनेश्वरी मन्दिर अघिको बरुणधारामा राखिएको छ ।
जुत्ता चप्पल राख्ने स्थल पनि यहीँ बनाइने कोषले जनाएको छ । अब दर्शनार्थीले मन्दिरभित्र प्रवेश गर्दा गरगहना, मोबाइल, नगदलगायत बहुमूल्य सामग्री हराउने डरबाट मुक्ति पाउनेछन् ।
लकर उपयोग गरेबापत् भक्तजनले कुनै पनि शुल्क तिर्नु नपर्ने कोषले जनाएको छ । भक्तजनले अब मन्दिरभित्र मोबाइल, झोला, क्यामेरा जस्ता सामान लिएर जान पाउने छैनन् ।
प्रकाशित समय १८:२४ बजे

















