गृहपृष्ठ पशुपतिनाथ परिसरमै चल्यो विद्युतीय टेम्पो
पशुपतिनाथ परिसरमै चल्यो विद्युतीय टेम्पो
लक्ष्मी बैंकको सहयोग
पशुपतिनाथ मन्दिरको मूल मन्दिर क्षेत्रमा लक्ष्मी बैंकसँगको सहकार्यमा विद्युतिय टेम्पो सञ्चालनमा आएको छ ।
सवारीसाधन निषेध हुँदा अशक्त, वृद्धवृद्धालाई दर्शनका लागि पुग्नै समस्या भएको गुनासो बढेपछि दुईवटा विद्युतीय टेम्पो सञ्चालनमा ल्याइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । अशक्त, अपांगता भएका व्यक्ति र वृद्धवृद्धाले निःशुल्क विद्युतीय टेम्पोको सेवा लिन सक्ने बताइएको छ । सफा टेम्पो सेवा चार शिवालयबाट दक्षिणढोकासम्म सञ्चालन गरिएको छ ।
लक्ष्मी बैंकका पूर्व अध्यक्ष राजेन्द्र खेतान र प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले संयुक्त रुपमा सफा टेम्पो कोषलाई हस्तान्तरण गरेका थिए ।
यसैबीच, भूकम्पले भत्काएको मूल मन्दिर क्षेत्रको कुलानन्द झा सत्तल, शंकराचार्य मन्दिर र घ्याम्पेपाटीको पुनर्निर्माण सकिएको छ । पशुपति क्षेत्रका ९५ सम्पदा क्षति भएकोमा हालसम्म १८ बनिसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
प्रकाशित समय १८:४२ बजे

















