गृहपृष्ठ झापाबाट ठूलो परिमाणको मरिचसहित दुई जना पक्राउ

झापाबाट ठूलो परिमाणको मरिचसहित दुई जना पक्राउ

झापाको मेचीनगर नगरपालिका–४ प्रसाद गौंडामा रहेको मदन पाण्डेको घरबाट प्रहरीले ठूलो परिमाणको मरिचसहित २ जनालाई पक्राउ गरेको छ । आइतबार राति इलाका प्रहरी कार्यालय काँकडभिट्टबाट खटिएको प्रहरी टोलीले झण्डै २ लाख ५६ हजार मूल्य बराबरको ४ सय ५० किलो मरिच सहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मेचिनगर नगरपालिका–७ का ४५ वर्षीय गोपाल बुढाथोकी र सोही स्थानका ४० वर्षिय अम्बर थापा मगर रहेका छन् । पाण्डेको घरमा अवैध मरिच लुकाइ–छिपाई राखेको भन्ने सूचनाको आधारमा प्रहरीको टोलीले सो परिमाणको मरिच फेला पारेको हो ।

बरामद मरिचसहित दुबै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रकाशित समय १२:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु