गृहपृष्ठ गोदावरीको वल्मीमा बस दुर्घटना, एकको मृत्यु, सात घाइते

गोदावरीको वल्मीमा बस दुर्घटना, एकको मृत्यु, सात घाइते

busdurgathana-newskarobar फाइल तस्बिर

धनगढीको गोदावरी नगरपालिकास्थित बल्मीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।धनगढीबाट हसुलियातर्फ जाँदै गरेको से. १ ख १०२५ नम्बरको बस आज दिउँसो गोदावरी नगरपालिकाको वल्मीमा दुर्घटना भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । दुर्इजनाको अवस्था गम्भीर छ । गम्भीर घाइते एकजनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेको पदमा अस्पाताल उपचार भइरहेको छ । प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा जाँदै गरेको बस अनियन्त्रित भर्इ दुर्घटना भएको हो । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । धनगढी बसपार्कबाट बिहान साढे ११ बजे उक्त बस हसुलियाका लागि हिँडेको थियो । बस राजमार्ग छेउमा उत्तानो फर्किएको छ ।

प्रकाशित समय १४:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु