गृहपृष्ठ रिसाएका नेपाललाई प्रचण्डको फोन

रिसाएका नेपाललाई प्रचण्डको फोन

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच विवाद चुलिएपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले मिलाउने प्रयास गरेका छन् । केहिदिन अघि नेता नेपालले संसदमा समेत सरकारको आलोचना गरेका थिए भने आफू निकटका नेतालाई बोलाएर चियापानको समेत आयोजना गरेका थिए ।

त्यसपछि, अध्यक्ष ओली र नेता नेपालबीच विवाद बढेको हो । अध्यक्ष ओली र नेता नेपालबीचको विवाद चर्किएपछि अर्का अध्यक्ष दाहाल मिलाउन लागि परेका हुन् । सिंगापुर रहेका अध्यक्ष दाहालले नेता नेपालसँग टेलिफोन वार्ता गरेका छन् ।

आइतबार बिहान दाहालले फोन गरि नेता नेपाललाई आगामी बैठकबाट समस्या समाधान हुने आश्वासन दिएका छन् । नेकपा केन्द्रीय सदस्य बिष्णु रिजालले पनि अध्यक्ष प्रचण्डले नेता नेपाललाई टेलिफोन गरेको बताए ।

नेता नेपालले आफू नभएकोबेल केन्द्रीय सचिवालय बैठकले विधान विपरित निर्णय गरेको भन्दै ओली र दाहालप्रति असन्तुष्टि जनाउँदै आएका छन् । सचिवालय बैठकले नेता नेपाल नभएको बेला प्रदेश पदाधिकारी चयन गरेको थियो । प्रचण्डसँग टेलिफोन वार्तापछि नेता नेपाल चीन भ्रमणमा निस्किएका छन् ।

प्रकाशित समय १४:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु