गृहपृष्ठ पोखरामा एक युवाको हत्या

पोखरामा एक युवाको हत्या

पोखराको पालिखेचोकमा सोमबार राति एक युवाको हत्या भएको छ ।

राजकुमार ना नाम गरेका युवाको पूरा परिचय भने खुल्न सकेको छैन । अन्दाजी ३० वर्षका युवाको टाउकोमा गहिरो चोट रहेको र हत्या भएको स्थानमा रगत लतपतिएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

पालिखेचोकको एक खुला टहामा उनको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । राजकुमारले केही दिन देखि कबाडी सामान बोक्दै आएको उनका सहकर्मी पवन सुवेदीको भनाइ छ । हत्या भएको स्थानमा कबाडीका सामानसहितको बोरा र सेतो कपडामा रगत लतपतिएको भेटिएको छ ।

केहि दिन देखि उनले कवाडी सामानहरु वेक्दै आएको उनका सहकर्मी पवन सुवेदीले बताए । हत्या भएको स्थानमा कवाडीको सामान सहितको वोरा र सेतो कपडामा रगत लत्पतिएको अबस्थामा भेटिएको छ ।

हत्याबारे अनुसन्धान सुरु गरिसकेको कास्की प्रहरीले जनाएको छ ।

प्रकाशित समय १०:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु