गृहपृष्ठ भेनेजुएलाका २० लाख नागरिक विस्थापित : राष्ट्रसंघ

भेनेजुएलाका २० लाख नागरिक विस्थापित : राष्ट्रसंघ

भेनेजुएलामा सन् २०१५ देखि सुरु भएको आर्थिक तथा राजनीतिक संकटका कारण अहिलेसम्म २० लाख नागरिक विस्थापित भएका छन् ।

हरेक दिन पाँच हजार जनाले भेभेजुयला छाड्ने गरेको संयक्त राष्ट्रसंघीय निकायले सोमबार जानकारी दिएको छ । भेनेजुएला छाड्नेमध्ये सबैभन्दा धेरै ल्याटिन अमेरिका प्रवेश गर्ने गरेको राष्ट्रसंघीय शरणार्थी नियोग (युएनएचसिआर)का प्रमुख फिलिप्पो ग्रान्टीले बताएका छन् ।

विस्थापित हुने क्रम समेत थप बढेको र उनीहरुलाई गैरराजनीतिक मानवीय पहुँच बढाउनका लागि भर्खरै काम सुरु भएको ग्रान्टीको भनाइ छ । भेनेजुएला पछिल्लो समय विभिन्न संकटबाट गुज्रिरहेको बताइएको छ ।

तेल निर्यातमा आश्रित भेनेजुएलामा सन् २०१४ देखि नै संकट सुरु भएको अधिकारीहरुले बताएका छन् । राष्ट्रपति निकोलस मडुरोको सरकार विरुद्ध विपक्षी दल र नागरिक समाजले आन्दोलन गर्न थालेपछि थप आर्थिक तथा राजनीतिक संकट बढ्दै गइरहेको छ ।

प्रकाशित समय १०:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु