गृहपृष्ठ पत्रपत्रिका जलाइएको घटनाप्रति महासंघको आपत्ति
पत्रपत्रिका जलाइएको घटनाप्रति महासंघको आपत्ति
नेपाल पत्रकार महासंघ कैलालीले पत्रपत्रिकामा आगजनी गर्नेलाई कारबाही गर्न माग गरेको छ । बुधबार विज्ञप्ति निकालेर महासंघले पत्रपत्रिका जलाएकोप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरेको हो ।
‘आम नागरिकलाई सुसूचित हुने अधिकारबाट वञ्चित हुने गरी पत्रिका जलाइएको यो घटना प्रेस स्वतन्त्रता माथिको आक्रमण भएको छ । ’ विज्ञप्तिमा भनिएको छ ।
कैलालीको अत्तरियामा बुधबार कान्तिपुर दैनिक, काठमाडौँ पोष्ट, नागरिक दैनिक पत्रपत्रिका जलाइएको थियो ।
प्रकाशित समय १३:२१ बजे

















