गृहपृष्ठ पाल्पामा मलामी बोकेको जिप पल्टियो
पाल्पामा मलामी बोकेको जिप पल्टियो
बगनासकाली गाउँपालिकामा मलामी बोकेको जिप पल्टिँदा ५ जना घाइते भएका छन् । १४ जना मलामी बोकेर राम्दी जाँदै गरेको लु १ ज २०५० नम्बरको जिप वडा नम्बर ८ बराङदीको उकालोमा बुधबार बिहान पल्टिएको हो ।
जिप पल्टिँदा चालक शारदा बस्यालसहित ४ जना घाइते भएका छन् । जिपमा सवार अन्य ९ जना भने सकुशल छन् । घाइते चालक बस्याललाई उपचारका लागि काठमाडौं पठाइएको छ भने अन्य घाइतेहरुको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रकाशित समय १३:४३ बजे

















