गृहपृष्ठ ४ लाख बराबरको धनमाल चोर्ने चोर पक्राउ
४ लाख बराबरको धनमाल चोर्ने चोर पक्राउ
भक्तपुर प्रहरीले ४ लाख बराबरको धनमाल चोर्ने चोर पक्राउ परेको छ । चागुँनारायण नगरपालिका–८ सुडालका ३७ वर्षीय कपिलदेव सुकमनीलाई प्रहरीले धनमाल चोरी गरी भाग्दै गरेको अवस्थामा बुधबार पक्राउ गरेको हो ।
सोही नगरपालिका–९ ताथली बस्ने हिराबहादुर राउतको घरको मुल ढोका तोडफोड गरी नगद ६५ हजार ७ सय रुपैयाँ र सुनका गहना समेत गरी करिब ४ लाख ८ हजार रुपैयाँ बराबरको धनमाल कपिलदेवले चोरेका थिए ।
महानगरीय प्रहरी बृत्त जगातीबाट खटिएको टोलीले भाग्दै गरेको अवस्थामा उनलाई सामान सहित पक्राउ गरेको हो ।
प्रकाशित समय १७:४२ बजे

















