गृहपृष्ठ युट्युबबारे १५ रोचक प्रसंग, ‘गाङ्नाम स्टायल’ले भ्युज गन्ने सिस्टम नै फेल

युट्युबबारे १५ रोचक प्रसंग, ‘गाङ्नाम स्टायल’ले भ्युज गन्ने सिस्टम नै फेल

youtube-newskarobar

युट्युब भिडियो राख्न, हेर्न तथा झिक्न मिल्ने वेबसाइट हो । त्यसैले व्यस्त संसारमा युट्युब मनोरञ्जनको लोकप्रिय र प्रभावकारी माध्यम बनेको छ । भनौं, युट्युब मानिसका साथी नै बनेको छ । हामी युट्युब हेर्छौं भन्दैमा युट्युबबारे जानकार नहुन सक्छौं । आज हामी यहाँहरुलाई युट्युबबारे केही रमाइला र केही अनौठा विषयवस्तुबारे जानकारी गराउँछौं ।

१. युट्युबको सुरुवात २००५ फेब्रुअरी १४ मा स्विच चेन, चाड हार्ले र जवेद करिमले गरेका हुन् ।
२. युट्युब सुरु भएको १८ महिनापछि गुगलले एक अर्ब ६५ करोड डलरमा किनेको हो ।
३. युट्युबमा पहिलो भिडियो २००५ अप्रिल २३ मा ‘जाविद’ नामको च्यानलले अपलोड गरेको थियो । २७ सेकेन्डको उक्त भिडियो जावेद करिमले ‘मि एट द जु’ भन्ने नाम राखेर अपलोड गरिएको थियो ।
४. विश्वभर तीनवटा देशमा युट्युब चल्दैन ।
५. विश्वका ७६ भाषामा युट्युब चल्छ ।
६. ‘गाङ्नाम स्टायल’ पहिलो यस्तो भिडियो, जसले युट्युबको भ्युज गन्ने सिस्टम नै फेल भएको थियो ।
७. अहिलेसम्म युट्युबमा सबैभन्दा धेरैपटक स्पेनिस गीत ‘देशपासितो’को भिडियो साढे पाँच अर्ब पटकभन्दा धेरै हेरिएको छ ।
८. युट्युबमा सबैभन्दा लामो भिडियो ५९६ घण्टाको छ । यो भिडियो दिन रात हेर्दा पनि २५ दिन लाग्छ ।
९. १.५ अर्ब मानिसले युटयुब प्रयोग गर्छन् ।
१०. युट्युबमा हरेक मिनेट ४०० घण्टाको भिडियो अपलोड हुने गरेको छ ।
११. युट्युबमा हरेक दिन ५ अर्ब भिडियो हेरिन्छ ।
१२. युट्युमा करिब ५० लाख च्यानलले लगातार भिडियो हालिरहन्छन् ।
१३. गुगलपछि दुनियाँको सबैभन्दा ठूलो सर्च इन्जिन युट्युब नै हो ।
१४. युट्युबमा रहेको सबैभन्दा धेरै सस्क्राइबर भएको च्यानल ‘पिउडिपी’ हो भने दोस्रो भारतको ‘टि सेरिज हो ।
१५. युट्युबमा भएको भिडियोमध्ये सबैभन्दा पुरानो भिडियो सन् १८८८ मा रेकर्ड भएको थियो ।

प्रकाशित समय १८:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु