गृहपृष्ठ टोटनह्यामको पोस्टमा बार्सिलोनाको ४ गोल, पीएसजीको शानदार जीत

टोटनह्यामको पोस्टमा बार्सिलोनाको ४ गोल, पीएसजीको शानदार जीत

च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति सम्पन्न खेलमा इंग्लिस क्लब टोटनह्यामलाई स्पेनिस टोली बार्सिलोनाले ४–२ गोल अन्तरले हराएको छ ।

टोटनह्यामकै होम ग्राउन्डमा भएको खेलमा बार्सिलोनाका लागि लियोनल मेसीको प्रेरणादायी भूमिका रह्यो । मेसीले बार्सिलोनालाई जीत दिलाउने क्रममा दुई गोल गरे । खल सुरु भएको दोस्रो मिनेटमै बार्साका फिलिप कोउन्टिन्होले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

८२ हजार दर्शक उपस्थित रंगशालामा २८औं मिनेटमै इभान रेकिटीले अग्रता दोब्बर पारे । टोटनह्यामका लागि ५२औं मिनेटमा गोल गर्दै ह्यारी केनले केही आश जगाएका थिए । तगत्तै ५६औं मिनेटमा मेसीले बार्साका लागि तेस्रो गोलको मौका गुमाएनन् ।

निकै रोमाञ्चक खेलको ६६औं मिनेटमा लामिलाले गोल गर्दै खेल ३–२ को अवस्थामा ल्याए । मेसीले बार्साको खातामा अर्को गोल ९०औं मिनेटमा थपे ।

यो सँगै खेल ४–२ गोलअन्तरले बार्सिलोनाको पक्षमा रह्यो ।

पीएसजीको जीत
पेरिस सेन्ट जर्मेनले च्याम्पियन्स लिगमा रेड स्टार बेलग्रेडलाई ६–१ गोलअन्तरले हराएको छ । शानदार जीत दर्ता गर्ने क्रममा नेइमारले नेमाइरको ह्याट्रिक गरे ।

पेरिस सेन्ट जर्मेनको घरेलु मैदानमा भएको खेलमा नेइमारको गोलबाट पीएसजीले २०औं मिनेटमै अग्रता लिएको थियो । ३७औं मिनेटमा काभानीले गोल गरे । ४१औं मिनेटमा डी मारियाले गोल गर्दा दोस्रो हाफको ७०औं मिनेटमा केलियन एम्बाप्पेले गोल गरे ।

पाँच गोलले पछि परेको अवस्थामा रेड स्टारका मरिनले ७४औं मिनेटमा सान्त्वना गोल फर्काएका थिए । ८१ औं मिनेटमा नेइमारले ह्याट्रिक पुरा गर्दै पीएसजीलाई ६–१ गोल अन्तरको जित दिलाए ।

प्रकाशित समय ०७:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु