गृहपृष्ठ ८ लाख ८१ हजार भारतीय रुपैयाँ सहित ३ जना पक्राउ
८ लाख ८१ हजार भारतीय रुपैयाँ सहित ३ जना पक्राउ
स्रोत नखुलेको भारतीय रुपैयाँसहित इलाका प्रहरी कार्यालय बुटवलले ३ जनालाई पक्राउ गरेको छ । बुटवलको होटल ग्राण्डबाट ८ लाख ८१ हजार भारतीय रुपैयाँ सहित ३ जना प्रकाउ परेका हुन ।
पक्राउ पर्नेमा भारतीय नागरिक मेराजुन मिया, इमरान खान र नेपाली नागरिक मेघनाथ कुशपडिया रहेका छन् । मिया र खान भारत उत्तर प्रदेश बैराइच जिल्लाका हुन् भने कुशपडिया बाँके नेपालगन्जका हुन् ।
बुटवलको नेपालगञ्जरोड अन्तर्गत पुरानो बसपार्कमा रहेको होटल ग्रान्डबाट २ भारतीय र १ नेपालीलाई प्रकाउ गरेको इलाका प्रहरी कायालय बुटबलका प्रमुख प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले बताए ।
उनीहरुको साथबाट प्रहरीले ६ लाख १० हजार भारतीय रूपैयाँ र १ लाख ९० हजार नेपाली रूपैयाँ बरामद गरेको हो । घटनका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय ११:०७ बजे

















