गृहपृष्ठ बुटवलमा तेस्रो राष्ट्रिय औद्योगिक मेला सुरु
बुटवलमा तेस्रो राष्ट्रिय औद्योगिक मेला सुरु
उद्योग व्यापार संघ बुटवल, रुपन्देहीको आयोजनमा बुटवलमा तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु भएको छ । मेलाको शुक्रबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरे ।
कार्यक्रममा मुख्यमन्त्री पोखरेलले मेला महोत्सवले आर्थिक क्षेत्र चलायमान बनाउनको लागि महत्वपूर्ण भुमिका खेल्ने बताए ।
कार्यक्रममा प्रदेश ५ कि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरति पौडेलले मेलालाई विविधता प्रदान गर्नु पर्नेमा जोड दिइन् ।उद्योग व्यापार संघ रुपन्देहीकााका अध्यक्ष प्रविणबहादुर पाठकले स्थायी मेला स्थलको अभावको कारण मेला महोत्वमा लाखौ रुपैयाँ खर्च भएको बताए । मेला यहि २८ गते सम्म चल्ने छ ।
प्रकाशित समय १३:४२ बजे

















