गृहपृष्ठ विद्यार्थीलाई खेतमा लगेर शिक्षा दिनुपर्छ : प्रधानमन्त्री
विद्यार्थीलाई खेतमा लगेर शिक्षा दिनुपर्छ : प्रधानमन्त्री
फाइल तस्बिर
प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीलाई गाउँघरका खेतमा लगेर शिक्षा दिनुपर्ने बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको २९ औं साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कक्षा कोठाको पढाइबाट मात्र दक्ष जनशक्ति उत्पादन नहुने भएकाले खेत–खेतमा लगेर शिक्षा दिनुपर्ने बताए ।
‘अब कक्षा कोठाको पढाइले मात्र पुग्दैन । विद्यार्थीलाई गाउँघरका खेत खेतमा नै लगेर शिक्षा दिनु पर्दछ,’ प्रधानमन्त्री ओलीले भने । विद्यालयमा दिइने औपचारिक शिक्षाले मात्र देशको आवश्यकता पूरा नगर्ने भएकाले प्रयोगात्मक र व्यवहारिक शिक्षा दिनुपर्ने उनले बताए ।
विज्ञान र प्रविधि उपयोग गरी अबको शिक्षा प्रणाली विकास गर्नुपर्ने उनले बताए । आगामी वर्ष सबै बालबालिकालाई विद्यालयमा ल्याइने लक्ष्य रहेको उनले बताए । ओलीलले भने, ‘आगामी वर्षदेखि विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर हुने छैनन् ।’
प्रकाशित समय १८:१५ बजे

















