गृहपृष्ठ राहत शिक्षकको व्यवस्थापन ‘संघीय शिक्षा ऐन’ अन्तर्गत
राहत शिक्षकको व्यवस्थापन ‘संघीय शिक्षा ऐन’ अन्तर्गत
स्वतः स्थायी हुनुपर्ने लगाएतका ४ बुँदे मागसहित आन्दोलनमा उत्रिएका राहत शिक्षकले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । सोमबार शिक्षा मन्त्रालय र राहत शिक्षकबीच संघीय शिक्षा ऐनअन्तर्गत राहत शिक्षकहरुलाई व्यवस्थापन गरिने सहमतीपछि उनीहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् ।
सार्वजनिक विद्यालयमा कार्यरत सम्पूर्ण राहत शिक्षकलाई सेवा अवधि गणनासहित विशेष प्रकृयाद्वारा स्थायी व्यवस्थापन गर्न संघीय शिक्षा ऐनमा व्यवस्थापन मिलाउने सहमति भएको छ ।
प्रकाशित समय १८:०० बजे

















