गृहपृष्ठ राजपाको ‘राजनीतिक घुर्की’ : समर्थन फिर्ता लिने चेतावनी
राजपाको ‘राजनीतिक घुर्की’ : समर्थन फिर्ता लिने चेतावनी
राजनीतिक मुद्दामा राजपाले पछ्यायो प्रशासनिक प्रकृया
राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ । संविधान संशोधन प्रक्रिया अगाडि बढाउने र मधेस थरुहट आन्दोलनसँग सम्बन्धी मुद्दा समाधान गर्ने प्रतिवद्धता जनाएपछि सरकारलाई सर्मथन गरेको राजपाले ति मुद्धाहरुको सम्बोधन नभएको भन्दै समर्थन फिर्ता लिने चेतावनी दिएको हो ।
राजपाले आफूसँग भएको सहमति सरकारको प्राथमिकतामा नपरेको भन्दै पटक–पटक असन्तुष्टि जनउँदै आएको छ । त्यसका लागि उसले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ । ‘सरकार गठन भएको ७ महिना बितिसक्दा पनि यहाँको तर्फबाट अहम सवालहरुमा हालसम्म कुनै पहल नहुनु दुर्भाग्यपूर्ण हो’ ज्ञापन पत्रमा भनिएको छ ।
आन्दोलनका क्रममा लगाइएको मुद्दा फिर्ता लिएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीलाई सपथ ग्रहण गराउनुपर्ने, संविधान संशोधन प्रक्रिया अगाडि बढाउनुपर्ने राजपाको माग छ । नभए समर्थन फिर्ता लिने उसको चेतावनी छ ।
प्रकाशित समय १८:१६ बजे
















